काठमाण्डु – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि संस्थापन पक्षले पार्टीका २ प्रभावशाली महामन्त्री र १ सहमहामन्त्रीमाथि कठोर कारबाही गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले विधानविपरीत समानान्तर गतिविधि सञ्चालन गरेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ति अनुसार महामन्त्रीद्वयले पार्टीको आधिकारिक कार्यतालिकालाई चुनौती दिँदै ‘तथाकथित विशेष महाधिवेशन’ आयोजना गरेको, नयाँ कार्यविधि पारित गरेको र निर्वाचन समिति बनाएर उम्मेदवारी समेत आह्वान गरेको पाइएको छ ।
‘पार्टीको आदर्श, सिद्धान्त र विधानविपरीत कार्य गरी अनुशासनको ठाडो उल्लंघन गरेकाले अपर्झट कारबाही गर्नुपरेको हो,’ विज्ञप्तिमा उल्लेख छ ।
बैठकले उनीहरूमाथि पार्टीको आधिकारिक १५औं महाधिवेशनको कार्यतालिका उल्लंघन गरेको, मंसिर १५ र पुस १८ गतेका केन्द्रीय कार्यसमितिका निर्णयहरूलाई वेवास्ता गरेको र पार्टीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानी पुर्याएको आरोप लगाएको छ ।
कारबाहीलाई वैधानिकता दिन कांग्रेसले विधानको धारा ७१ बमोजिम ‘बाधा अड्काउ फुकाउने’ अधिकार प्रयोग गरेको छ । यसअघि अनुशासनको कारबाही गर्दा सफाइको मौका दिनुपर्ने अनिवार्य व्यवस्था भए पनि, अहिलेको अपर्झट अवस्थामा सफाइको मौका दिनु नपर्ने गरी विधान संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार अब केन्द्रीय कार्यसमितिले कुनै पनि तहका पदाधिकारी वा सदस्यलाई सोझै कारबाही गर्न सक्नेछ ।
कांग्रेसले आफ्ना सबै निर्णयहरू अनुमोदन गर्दै अब आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र २०८३ वैशाखमा हुने १५औं महाधिवेशन सफल पार्न पार्टी पंक्तिलाई आह्वान गरेको छ । ‘आवेग र उत्तेजनामा लागेर तथाकथित विशेष महाधिवेशनमा सहभागी भएका साथीहरूलाई यथाशीघ्र पार्टीको जिम्मेवारीमा फर्किएर चुनावी अभियानमा लाग्न आग्रह गरिन्छ,’ बैठकको निर्णयमा भनिएको छ ।
यस्ता छन् निर्णयहरू –







प्रतिक्रिया