दलीय पुनर्संरचना कांग्रेसबाट सुरुवात भएकोमा भट्टराईले प्रशंसा

दलीय पुनर्संरचना कांग्रेसबाट सुरुवात भएकोमा भट्टराईले प्रशंसा


काठमाण्डु – प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईले राजनीतिक दलहरूले समयअनुसार आफूलाई पुनर्संरचनामा लैजानुपर्ने र त्यसको सुरुवात नेपाली कांग्रेसले गरेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र उनको टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन्। उनले पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात नेपाली कांग्रेसबाट हुनु सकारात्मक भएको उल्लेख गरे ।

भट्टराईले नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचनामा आएका दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको भन्दै प्रतिस्पर्धा र सहकार्यले देशको संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो हुने उल्लेख गरेका छन्।