सुनसरीमा ट्रक पल्टिँदा पाँच कामदारको मृत्यु

सुनसरीमा ट्रक पल्टिँदा पाँच कामदारको मृत्यु

फाइल तस्विर ।

काठमाण्डु – सुनसरीमा ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको छ।

सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–८ स्थित सोनीयाहीमा को १ ख ४५४१ नम्बरको ट्रक पल्टिँदा पाँच कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मार्बल बोकेर विराटनगरबाट राजविराज जाँदै गरेको ट्रक बिहीबार बिहान अनियन्त्रित भएर पल्टिएको हो।

मृत्यु हुनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ र २८ वर्षीय निशु गुरुङ र चद्र गुरुङ रहेका छन्। उनीहरू एकै गाउँका हुन्।

ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदारको मार्बलले नै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार अगाडि बसेका पाँच जनामध्ये तीन जना सामान्य घाइते भएका छन्। उनीहरूको विराट नरसिंह होममा उपचार भइरहेको छ। । चालक भने फरार छन्।