काठमाण्डु – नेपाली कांग्रेस गगन समूहको केन्द्रीय समितिको पहिलो बैठक बस्दै छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन समूहको पहिलो बैठक बिहीबार बस्न लागेको हो ।
नवनिर्वाचित सहमहामन्त्री उदय शमशेर राणाका अनुसार सभापति थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्ने छ ।
बैठक कुपोन्डोलको एक बैंक्वटमा बस्ने उनले बताए।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन गरेको हो।
यसबीच विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको गगन समूहले अभिलेख अद्यावधिक गर्न बिहीबार निर्वाचन आयोग जाँदै छन् ।
नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठक गरेपछि त्यसको निर्णयसहित गगन समूह निर्वाचन आयोग जान लागेको हो ।
विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको हो ।




प्रतिक्रिया