काठमाण्डु – गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ ।
बिहीबार बिहीबार कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई पार्टीको प्रवक्तामा नियुक्त गरेको हो ।
प्रवक्ता चालिसेले बैठकले सभापति गगन थापाको अध्यक्षतामा पार्टीको घोषणापत्र निर्माणको लागि घोषणा समिति निर्माण गरेको जानकारी दिए ।
उनले भने, ‘सच्चिएको कांग्रेस निर्माण गर्दै पार्टीको घोषणापत्र निर्माणको लागि सभापतिज्यूको अध्यक्षतामा घोषणा समिति निर्माण गरेको छौं ।’ उनले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति पनि गठन गरिएको जानकारी दिए ।
उनका अनुसार बिहीबारै पार्टीलाई अद्यावधिक गर्न गगन नेतृत्वको कांग्रेस निर्वाचन आयोग पुगेको छ ।




प्रतिक्रिया