काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूहरू नै पार्टीको आधिकारिक रहेको दाबी गरेका छन् ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएर विवाद निर्वाचन आयोगमा पुगेको बेलामा संस्थापन पक्ष निर्वाचन आयोगमा पुगेर आधिकारिकतामा दाबी गरेको हो । सो क्रममा कोइरालाले आफूहरू सिंगो केन्द्रीय समिति नै आधिकारिक भएको दाबी गरे ।
उनले विशेष महाधिवेशनका पक्षमा गरिएका हस्ताक्षर फिर्ताको निस्सा पनि आफूहरूसँग रहेको दाबी गरे । कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरे ।
बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँग रहेको दाबी गर्दै उनले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चार माध्यमहरूले बाध्य बनाएको बताए ।




प्रतिक्रिया