पार्टीको विधान विपरीत विशेष महाधिवेशनको नाममा भेला बोलाइयो : कार्यवाहक सभापति

पार्टीको विधान विपरीत विशेष महाधिवेशनको नाममा भेला बोलाइयो : कार्यवाहक सभापति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा भेला बोलाउनु पार्टीको विधान विपरीत भएको बताएका छन्।

शुक्रबार सानेपामा पत्रकार सम्मेलन गर्दै कार्यवाहक सभापति खड्काले पार्टीको विधान विपरीत गतिविधि भएको बताएका हुन् ।

उनले महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिबाहेक अरूलाई नभएको बताए।

उनले भने,’हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाएका छौँ। सर्वसम्मत निर्णय गरेर हामीले आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएका छौँ।’

यस्तै उनले षड्यन्त्र भए प्रतिकार गर्न उत्रिनुपर्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए।

निर्वाचन आयोगमा आधिकारिकता विवाद चलिरहेको छ। उनले चुनाव चिह्न र नाम गगन समूहलाई दिए आन्दोलनमा जाने चेतावनी दिए।