हाम्रो जस्तो डेमोक्रेसी पाार्टीसँग अरु पार्टीको तुलनै हुँदैन : केपी ओली

हाम्रो जस्तो डेमोक्रेसी पाार्टीसँग अरु पार्टीको तुलनै हुँदैन : केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन् । शुक्रबार नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले कसैले सडकबाट बहुमत पुर्याएँ भनेका भरमा हुन्छ र भन्दै प्रश्न गरे ।

उनले भने, ‘नेपाली कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको ? चारपाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो । बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि ? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि त ? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि ! कसैले सडकमा बहुमत पु¥याएँ भनेर भनेका भरमा हुन्छ ।’

उनले प्रजातन्त्रलाई अराजकतातर्फ लैजान खोजिएको बताए । उनले नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजिएको बताए । उनले आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार रहेकोले जनताबाट निर्वाचित गरेको सरकार हुनुपर्ने बताए ।

उनले भने, ‘वास्तवमै नेपाल शान्ति क्षेत्र हो । नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजियो । आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार छ । अनिर्वाचित र त्यत्तिकै आएर सरकार चल्दैन । जनताले चुनेको हुनुपर्छ । जनताबाट निर्वाचित गरेको सरकार हुनुपर्छ । निर्वाचित सरकार अपदस्थ गरेर, प्रतिनिधिसभा भंग गरेर न्यायलयहरु जलाउने कार्यहरु गरे । नेपाल देशमाथि, सार्वभौमसत्तामाथि, नेपालकको स्वाधिनतामाथी, नेपालको शान्तिपूर्ण स्थितिमाथि, नेपालमा लोकतान्त्रिक प्रणालीमाथि, नेपालको संविधानमाथि आक्रमण गरिएको छ । आगोले मात्रै जलाइएको छैन, तरतरिकाले पनि जलाइएको छ । ’

यस्तै उनले आफू नेतृत्वको पार्टीमा प्रजातन्त्रको असली अभ्यास हुने गरेको बताएका छन् ।

‘हाम्रो जति डेमोक्रेटिक पार्टी … अरुको देख्नुभएन ? केन्द्रीय कमिटीको बैठक डेढ महिना चल्दा हामी तीन घण्टामा केन्द्रीय कमिटीको बैठक सकेर हामी काममा लाग्छौं । अरुलाई महाधिवेशन कहिले गर्ने भनेर मिति तोक्न डेढ महिना लाग्छ, तैपनि तोकिँदैन । हामी त झ्याप्प मिती तोक्छौं, ड्याम्म गर्छौं ।’ एमाले अध्यक्ष ओलीले भने ।