सेटिङको आरोप लगाउँदै देउवा पक्षले भन्यो- आयोगको निर्णय हामी मान्दैनौं

सेटिङको आरोप लगाउँदै देउवा पक्षले भन्यो- आयोगको निर्णय हामी मान्दैनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई दिएको मान्यता देउवा पक्षले नमान्ने बताएको छ ।

साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय मान्य नहुने बताएका हुन् ।

महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको आरोप लगाए ।उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौं ।’

आयोग परिसरमा पुगेका देउवा समूहका उपसभापति पूर्णबहाुर खड्काले सबै सेटिङमा भएको आरोप लगाउँदै आयोगको निर्णय आफूहरुलाई मान्य नहुने बताए । वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उनले बताए ।