काठमाण्डु– विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने घोषणा गरेका छन् ।
उनले शुक्रबार फेसकुकमार्फत माघ ५ गते रास्वपा प्रवेश गर्ने घोषणा गरेका हुन् ।
जनकपुरधाममा हुने रास्वपाको कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्ने उनले बताए ।
उनले लेखेका छन् ‘… देश र मधेशमा रहेको भ्रष्टाचार कुशासन बिरुद्ध हिजो स्वतन्त्र रहदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ। साथै म लगायत देश र मधेशको हित चाहने मधेशमा शिक्षा स्वास्थ्य रोजगार र भौतिक पुर्वाधारको विकास चाहने सम्पुर्ण आमाबुवा तथा दिदिबहिनीहरु लाई यसै कार्यक्रम मार्फत जुट्न आव्हान गर्दछु।’




प्रतिक्रिया