आज यी दुई प्रदेशमा हिमपात र वर्षाको सम्भावना

आज यी दुई प्रदेशमा हिमपात र वर्षाको सम्भावना


काठमाण्डु् – हाल उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुँवालो लागेको छ।

पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

शनिबार दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।