काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले शनिबार नै केन्द्रीय समितिको पहिलो बैठक आह्वान गरेका हुन् ।
बैठक दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बस्ने छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ ।
थापाले शुक्रबार मात्र निर्वाचन आयोगमार्फत आधिकारिकता पाएका थिए । यससँगै उनी पार्टीको तर्फबाट प्रत्यक्ष निर्वाचन लड्ने उम्मेदवार छान्न व्यस्त रहेका छन् ।
बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।




प्रतिक्रिया