काठमाण्डु – नेपाली कांग्रेसले कुनै पनि किसिमको अप्राकृतिक र सत्ता केन्द्रित गठबन्धन नगर्ने निर्णय गरेको छ ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले कुनै पनि किसिमको चुनावी गठबन्धन नगर्ने र सधैं मूल्य र सिद्धान्तमा अडिक रहने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनले भने, ‘कुनै अप्राकृतिक गठबन्धन वा सत्ता केन्द्रित गठबन्धन हामी गर्नेवाला छैनौं भन्ने प्रतिबद्धता फेरि पनि हामीले गरेका छौं । हामी सधैं मूल्य र सिद्धान्तमा अडिक रहनेछौं । संविधानको रक्षा गर्दै नव युवाको आंक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा पूरा गर्ने दृढता व्यक्त गर्ने निर्णय गरेका छौं ।’
उनले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुर्याउन देशभरका नेता–कार्यकर्तालाई अपिल गर्ने निर्णय भएको पनि जानकारी दिए । उनको अनुसार बैठकले देश र विदेशमा रहेका सबै कांग्रेसजनहरूलाई फागुन २१ गतेको निर्वाचनमा सरिक हुन र सक्रियतापूर्वक लाग्न आह्वान गरेको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुर्याएको योगदान उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्ने निर्णय समेत गरेको उनले बताए ।




प्रतिक्रिया