एमालेले सार्‍यो ओलीलाई भावी प्रधानमन्त्री

एमालेले सार्‍यो ओलीलाई भावी प्रधानमन्त्री

झापा–५मा दुई भावी प्रधानमन्त्रीको भिडन्त रोचक बन्ने


काठमाण्डु नेकपा (एमाले)ले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सारेको छ ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५बाट निर्वाचन लड्दै छन् ।

झापा–५मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दिँदैछन् । पार्टीले उनलाई पनि भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ । झापा–५मा दुई पार्टीका भावी प्रधानमन्त्रीबीच हुने भिडन्त रोचक हुने भएको छ ।

सचिव महेश बस्नेतका पार्टीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको हो । ‘एमालेले ओलीको नेतृत्वमा पूर्ण बहुमत ल्याउने छ । देशको भावी प्रधानमन्त्री ओली हुनुहुनेछ’, उनले भने ।

एमालेको शनिबार बसेको सचिपालय बैठकले निर्वाचनमा पार्टीले पूर्ण बहुमत हासिल गर्ने आधार मजबुत रहेकाले त्यसलाई जोगाउन संगठनात्मक तथा राजनीतिक रूपमा दृढतापूर्वक अघि बढ्ने निष्कर्ष निकालेको हो ।

उपमहासचिव लेखराज भट्टका अनुसार प्रदेश र जिल्लागत रूपमा उम्मेदवारहरूको प्रारम्भिक सूचीसमेत टुङ्गो लागेको छ ।

पार्टीले १४० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएपनि बाँकी क्षेत्रका उम्मेदवार टुङ्ग्याएर चुनावी अभियानलाई तीव्र बनाउने पनि उपमहासचिव भट्टले जानकारी दिए ।