बालेनले आज मेयर पदबाट राजीनामा दिँदै

बालेनले आज मेयर पदबाट राजीनामा दिँदै

आजै केन्द्रीय समिति बैठकमा सहभागी भएर जनकपुर जाने


काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनमा झापा–५बाट उम्मेदवारी दिन लागेका काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाह आइतबार मेयर पदबाट राजीनामा दिन लागेका छन् ।

उनले राजीनामा दिएर अपरान्ह २ बजे रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुने छन् ।

मेयर शाह रास्वपाका वरिष्ठ नेता हुन् ।

निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक पनि आइतबार नै बस्दैछ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनका लागि उम्मेदवार छान्न केन्द्रीय समिति बैठक बस्ने र बैठकमा मेयर पदबाट राजीनामा दिएर शाह पनि सहभागी हुनेछन् ।

२०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाण्डुको मेयर बनेका बालेन यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्दैछन्।

केन्द्रीय समिति बैठकपछि सभापति रवि लामिछाने र बालेन आइतबार नै जनकपुर जाने कार्यक्रम रहेको छ। जनकपुरमा रास्वपाले सोमबार चुनावी कार्यक्रमको सुरुवात गर्दैछ ।