देउवा पक्षले गुहार्‍यो सर्वोच्च

देउवा पक्षले गुहार्‍यो सर्वोच्च


काठमाण्डु– गगन थापाको नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दिएको वैधानिकता बदर गर्न माग गर्दै शेरबहादुर देउवाको समूह सर्वोच्च अदालत पुगेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्बोच्च गएका हुन् ।

रिट दर्ता भइसकेको छ भने  सर्वोच्चले  यो रिटको पेसी यही माघ ६ गतेका निम्ति तोकेको छ ।

गत पुस २७ देखि ३० सम्म कामठमाण्डुको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिएको थियो ।