नारायणकाजी श्रेष्ठले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा

नारायणकाजी श्रेष्ठले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा


काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्।

श्रेष्ठले आइतबार राष्ट्रियसभा सचिवालयमा राजीनामा बुझाएका हुन्।

आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि श्रेष्ठले सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारी गरेका छन् ।