काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठकले शनिबार साँझ गरेको निर्णयमा कार्यकर्ताले आपत्ति जनाएपछि उम्मेदवार फेर्न थालिएको छ ।
एमाले उच्च स्रोतका अनुसार कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा एमालेबाट तारा लामा तामाङ नै उम्मेदवार बन्ने भएका छन् । यसअघि पार्टीले केन्द्रीय सदस्य कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तामाङ निवर्तमान प्रतिनिधिसभा सदस्य समेत हुन् । सो क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट विना मगर उम्मेदवार बन्दैछिन् । यसअघिको चुनावमा विनालाई पराजित गर्दै ताराले जितेका थिए ।
यसैगरी एमालेले बझाङमा ऐन महरलाई उम्मेदवार बनाउने भएको छ । अफिलाल ओखेडालाई उम्मेदवार बनाउने यसअघिको निर्णय सच्याउँदै एमालेले महरलाई उम्मेदवार बनाउने भएको स्रोतले जनाएको छ ।




प्रतिक्रिया