माघ ६ गते नै उम्मेदवारी दर्ता गर्दै निर्वाचन आयोग, यी कागजात चाहिने (विज्ञप्तिसहित)

माघ ६ गते नै उम्मेदवारी दर्ता गर्दै निर्वाचन आयोग, यी कागजात चाहिने (विज्ञप्तिसहित)


काठमाण्डु – निर्वाचन आयोगले माघ ६ गते नै प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयन पत्र दर्ताको तयारी थालेको छ ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातबारे जानकारी दिएका छन् ।

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

दलहरूले उम्मेदवारको मनोनयन पत्र दर्ताको समय कम्तीमा १ हप्ता बढाउन माग गरेका बेला आयोगले भने माघ ६ गते नै उम्मेदवारी दर्ता हुने व्यहोराको विज्ञप्तिमार्फत उम्मेदवारलाई तयारीबारे जानकारी दिएको छ ।

यस्तो छ विज्ञप्ति –