काठमाण्डु– सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको हो ।
अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ८२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । हिजो प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ ।




प्रतिक्रिया