सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, एक तोलाकै अब ३ लाख

सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, एक तोलाकै अब ३ लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। शुक्रबार ९ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ४०० कायम भएको छ।

अघिल्लो दिन बिहीबार एक तोला सुन २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि २७० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ। चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो।

गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।