झापा ५ : एमालेको चुनावी कमाण्डरमा देवेन्द्र, ५०१ सदस्यीय समिति गठन

झापा ५ : एमालेको चुनावी कमाण्डरमा देवेन्द्र, ५०१ सदस्यीय समिति गठन

तस्वीर–रासस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री देवेन्द्र दाहाललाई चुनावी कमान्डर तोकेको छ।

शुक्रबार गौरादहमा बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले दाहालको कमान्डरमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

दाहाल २०४८ सालदेखि नै अध्यक्ष ओलीको निर्वाचन कमाण्डरका रूपमा सक्रिय रहँदै आएका हुन्।

समितिको सह–संयोजकमा एमाले केन्द्रीय सदस्य एवं संविधान सभाका पूर्व सदस्य दीपक कार्की र केन्द्रीय सदस्य एवं अनेमसंघकी उपाध्यक्ष मेनुका काफ्लेलाई चयन गरिएको छ।

​यस निर्वाचन परिचालन कमिटीलाई थप व्यवस्थित बनाउन ६९ सदस्यीय सचिवालय र ९ वटा विभिन्न विशिष्ट उप–समितिहरू समेत गठन गरिएको छ।