सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेका छन् ।
काठमाण्डुबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका थापाले धनकौल बजारस्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै आफू जनताको सेवकका रूपमा काम गर्न आएको बताएका छन् ।
थापाले आगामी ५ वर्ष यही क्षेत्रमा जनतासँगै बसेर शिक्षा, स्वास्थ्य लगायत विकासका महत्त्वपूर्ण कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । तराई–मधेशको रहनसहन, संस्कार र पर्व उत्सवले आफूलाई थप ऊर्जा र प्रेरणा दिने उनको भनाइ थियो । उनी थप ३ दिनसम्म निर्वाचन क्षेत्रमै बसेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
सर्लाही–४ मा थापा यस क्षेत्रका निवर्तमान सांसद अमरेश कुमार सिंहसँग चुनावी प्रतिस्पर्धामा छन् । सिंह २०७० सालदेखि लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् भने यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन् ।




प्रतिक्रिया