काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका छन् ।
धनुषा-४ मा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेताहरूबीच मतभेद नभएको भन्दै पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका हुन् ।
उनले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताउँदै उनले भने ‘भर्खरै कांग्रेसको अधिवेशन गरेर नयाँ नेतृत्व आएका छौँ । पार्टीभित्र कसैमाथि दोष र रिसराग छैन । म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरु नेताहरूसँग पनि संवादमा छु, ।’
उनले आफूहरुबीच केही कुरामा मतभेद भएतापनि अन्तिममा एक ढिक्का हुने बताए ।




प्रतिक्रिया