काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना उम्मेदवार खगेन्द्र सुनारले व्यक्त गरेका अभिव्यक्तिका बारेमा बोलेको छ ।
शुक्रबार रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले वक्तव्य जारी गर्दै सुनारको अभिव्यक्तिलाई लिएर गम्भीर ध्यानार्कषण भएको बताएका हुन् ।
सुनारले पार्टीमाआवद्ध हुनुअघि सामाजिक सञ्जालमा व्यक्त गरेका केही अभिव्यक्तिका कारण उत्पन्न भ्रम र धार्मिक तथा सांस्कृतिक भावनामा पुगेको चोटप्रति पार्टीले सार्वजनिक रूपमा स्पष्टीकरण तथा प्रतिबद्धता जनाएको छ ।
सुनारले राष्ट्रिय जनावर गाईको विषयमा दिएको अभिव्यक्ति विवादित बनेको थियो ।
पार्टीका अनुसार सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु वा पंक्षी हत्याको पक्षमा नरहेको तथा राष्ट्रिय जनावर गाईप्रति पूर्ण सम्मान रहेको स्पष्ट पारिसकेका छन् र पार्टीले सुनारलाई सोसम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको छ।
रास्वपा कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सदभाव बिगार्ने तत्वहरूको पक्षमा नरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
उनी बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् ।
यस्तो छ पार्टीको स्पष्टीकरण तथा प्रतिबद्धता





प्रतिक्रिया