काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह सुर्खेत पुगेका छन् । सुर्खेतमा आयोजना गरेको चुनावी कार्यक्रम तथा भेटघाट कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालेनसहित केन्द्रीय तथा प्रदेश नेतृत्व सुर्खेत पुगेका हुन् ।
नेता बालेनले रास्वपा सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार टेकबहादुर सिंह ठकुरी, क्षेत्र नम्बर २ का उम्मेदवार रमेश सापकोटा तथा कर्णाली प्रदेश सभापति मदन खड्कालगायत नेताहरू भेटेका छन् ।
सुशासन, पारदर्शिता र जनउत्तरदायी व्यवस्थालाई पार्टीको मुख्य एजेन्डा बनाएर देश दौडाहामा छन् ।
रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानलाई तीव्र बनाएको छ ।
पार्टीले जनतासँग प्रत्यक्ष संवाद, घरदैलो अभियान र सार्वजनिक कार्यक्रममार्फत मतदाताको विश्वास जित्ने प्रयास जारी राखेको छ।




प्रतिक्रिया