काठमाण्डु- गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार नीशा अधिकारीले घोषणापत्र सार्वजनिक गरेकी छिन्।
काठमाण्डु–५ बाट चुनावी मैदानमा रहेकी उनले सामाजिक सञ्जालमार्फत आफ्नो घोषणापत्र जारी गरेकी हुन्।
‘यो दस्तावेज वाचा र नाराको सूची होइन, यो मैले प्रतिनिधि सभामा पुगेर के–कसरी काम गर्न चाहन्छु भन्ने स्पष्ट प्रतिबद्धता हो। यस घोषणापत्रमा मैले सडक र पूर्वाधारदेखि जनस्वास्थ्य, रोजगारी, उद्यमशीलता, खेलकुद, संस्कृति, ज्येष्ठ नागरिकको सम्मान र महिलाको अर्थपूर्ण सहभागितासम्मका विषयहरूलाई नीतिगत दृष्टिले राखेकी छु’, घोषणापत्र सार्वजनिक गर्दै उनले भनेकी छिन् ।
उनले लोकतन्त्र नाराले नभएर नीति र संवादले बलियो बन्ने दाबी समेत गरेकी छिन्।





प्रतिक्रिया