प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा तोकिएन पेशी, २८ गते साधारण तारेख

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा तोकिएन पेशी, २८ गते साधारण तारेख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा माघ २८ गतेलाई साधारण तारेख तोकेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत तत्कालीन सांसदहरूले अदालतले छिटो फैसला दिनुपर्ने माग गरिरहेका बेला अदालतले साधारण तारेख दिएको छ ।

मंगलबार तोकिएको तारेखमा आएका निवेदकलाई सर्वाेच्चले अर्काे साधारण तारेख दिएको हो । यसअघि सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी रिटहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीसँग लिखित जवाफ मागेको थियो । सबै सम्बन्धित निकायबाट लिखित जवाफ आइनपुगेकाले सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै १७ वटा रिट निवेदन दर्ता छन् ।