काठमाण्डु– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।
भट्टराईका बुबा भोजप्रसाद भट्टराईको बिहीबार बिहान ९७ वर्षको उमेरमा निधन भएको छ ।
भट्टराईको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले जानकारी दिए ।





प्रतिक्रिया