बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

सुप प्र ०२ ००१ख१११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपककुमार रायले जानकारी दिए ।

पुर्चाैडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किने क्रममा बड्गाउँ मोडमा बस दुर्घटनामा भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको डीएसपी रायले बताए ।

दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् । घाइतेहरूको उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।

जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गर्दा दुर्घटनामा भएको हो । बस सडकबाट करीब २०० मिटर तल खसेको छ ।