पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराई भूभागका थोरै स्थानहरूमा हुस्सु तथा तुवाँलो लागेको छ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ।

राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै बिहान पौने ६ बजे काठमाण्डु उपत्याको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस छ।