काठमाण्डु – नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलामा दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो।
सुनको मूल्य चार हजार २०० रुपैयाँ घटेको छ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी २७० रुपैयाँ घटेर चार हजार ७१० रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार चाँदी चार हजार ९८० कायम भएको थियो।




प्रतिक्रिया