काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको हो । आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो ।
शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया