काठमाण्डु– टी–२० विश्वकप प्रतियोगिताको चौथो खेलमा न्यूजिल्यान्ड विजयी भएको छ । चेन्नईको एमए चिदम्बरम मैदानमा नूजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।
१८३ रनको लक्ष्य पाएको न्यूजिल्यान्डले १७.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
न्यूजिल्यान्डका टिम शेफर्टले सर्वाधिक ६५ रन, ग्लेन फिलिप्सले ४२, मार्क चापम्यानले २८ रन बनाउँदा डेरिल मिचेल २५ तथा मिचेल सान्टनर १४ रनमा नटआउट रहे ।
यस्तै अफगानिस्तानका लागि मुजीब रहमानले २ तथा अजमुतल्लाह ओमारजाइ, राशिद खान र मोहम्मद नाबीले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको हो ।
अफगानिस्तान लागि गुलबदिन नइब ६३ रन, सेदिकुल्लाह अटलले २९, रहमानुल्लह गुरबाजले २७, डार्बिस रसुलीले २० तथा अजमतुल्लाह ओमारजाइले १४ रन जोडे ।
बलिङतर्फ न्यूजिल्यान्डका लोकी फर्ग्युसनले दुई तथा म्याट हेनरी, रचिन रविन्द्र, जेकोब डुफीले एक–एक विकेट लिए ।




प्रतिक्रिया