टी–२० विश्वकप : नेपालले इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै

टी–२० विश्वकप : नेपालले इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै


काठमाण्डु– टी–२० विश्वकप प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको हो । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

नेपाल र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

प्लेइङ–११ रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने ।