२६९८मा झर्‍याे सेयर बजार, साढे ११ अर्बको कारोबार

२६९८मा झर्‍याे सेयर बजार, साढे ११ अर्बको कारोबार


काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १० अंकले घटेर परिसुचक २६९८ मा झरेको छ ।

यसदिन ११ अर्ब ६५ करोडको कारोबार भएको छ । कारोबारमा आएका ८५ कम्पनीको मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ । यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसदिन सुपर मादि हाइड्रो, आखुखोला जलविद्युत, रिडि पावर, राधि विद्युत्, एसवाइ प्यानलनले सर्वाधिक कारोबार भयो ।

आज सुपर माई हाइड्रो, रिडि पावर कम्पनी र खानिखोला हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ भने कालिन्चोक दर्शन र कर्पोरेड डेव्लपमेन्टको सेयर सबैभन्दा धेरै ८ प्रतिशतले घट्यो ।

आज लगानि र अन्य बाहेक सबै सुचक ओरालो लागेका छन् ।