स्रोत नखुलेको १३ लाख नगदसहित १ जना पक्राउ  

स्रोत नखुलेको १३ लाख नगदसहित १ जना पक्राउ  


सप्तरी – जिल्लाको बलान बिहुल गाउँपालिका–४ बेल्हीबाट स्रोत नखुलेको नगद १३ लाख रूपैयाँसहित भगवानपुर गाउँपालिका–४ बस्ने २३ वर्षीय हरीशंकर कुमार साहलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आँउदै गरेको प्र.२–०१–००२ प ४४८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई नगदसहित पक्राउ गरेको हो ।

बरामद नगद सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।