एनआरएनए अध्यक्षमा शर्मा र शेरचनको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा शर्मा र शेरचनको उम्मेदवारी घोषणा


काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्ष पदको निर्वाचनका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन् ।

डा. शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३ बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै भर्चुअल कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि आगामी मार्च १४ देखि १६ सम्म काठमाण्डुमा १२औं महाधिवेशनमार्फत निर्वाचन हुने कार्यतालिका तय गरिएको छ ।

साथै, रोविन शेरचनले विगत ३८ वर्षदेखि जापानलाई आफ्नो कर्मथलो बनाएर व्यवसाय र समाजसेवामा विशिष्ट पहिचान बनाएका छन् । पृष्ठभूमि व्यापारिक भए पनि बुवा स्वर्गीय राजेन्द्र शेरचनको भैरहवा र काठमाण्डुमा होटल तथा कपडा व्यवसाय थियो तर उनले पैतृक सम्पत्तिमा रम्नुभन्दा आफ्नै बलबुतामा केही गर्ने अठोट लिएर हिनेका थिए ।

उनले पनि विगतका ज्ञान तथा विज्ञ सम्मेलनले केही सकारात्मक छाप छाठ्न सफल भएको र यसलाई थप परिष्कृत र नयाँ सोचका साथ भौतिक रुपमा नै निरन्तरता दिइने बताए ।

प्रवासमा हासिल गरेका ज्ञान, सीप र अनुभवका आधारमा नेपालको विविध क्षेत्रमा नीतिगत सुझाव सरोकारवाला निकायलाई उपलब्ध गराइने, विधानले व्यवस्था गरेको एनआरएनए पेसागत तथा प्राज्ञिक एकाइलाई कार्यान्वयनमा ल्याइने पनि उनको प्रतिबद्धता छ ।