आईसीसी टी-२० विश्वकपमा आज तीन खेल

आईसीसी टी-२० विश्वकपमा आज तीन खेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी टी–२० विश्वकपअन्तर्गत मंगलबार पनि तीन खेल हुँदैछन् । मंगलबार समूह एका दुई र समूह डी अन्र्तगत एक गरेर तीन खेल हुन लागेका हुन् ।

पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा समुह डी अन्तर्गत रहेका न्यूजील्यान्ड र युएई बिच अपराह्न ३ः१५ बजे भारतको चेन्नाईमा प्रतिस्पर्धा हुनेछ ।

न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ । न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो ।

मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन् । यो खेल साँझ सवा ७ बजे शुरू हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन् ।