सुन र चाँदीको भाउ बढ्यो

सुन र चाँदीको भाउ बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुनचाँदीको भाउ बिहीबार बढेको छ ।

बुधबार १ हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार तोलामा ४ हजार ३ सय रुपैयाँले बढेको छ । सुन अब तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको भाउ तोलाको ३ लाख ४ सय रुपैयाँ थियो ।

यस्तै तोलामा ५ रुपैयाँले घटेको चाँदीको भाउ तोलामा १ सय ८० रुपैयाँले बढेर तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ तोलाको ४ हजार ८ सय ८० रुपैयाँ थियो ।