काठमाण्डु– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइएकाले निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन मतदातालाई आह्वान गरेका छन्।
बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । बैठकमा तीन वटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीले सुरक्षाका प्रबन्धबारे जानकारी दिएका थिए।
गृहमन्त्री अर्यालले निष्पक्ष तवरबाट चुनाव सम्पन्न गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
भर्चुलअ बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, सात वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिएका थिए।




प्रतिक्रिया