काठमाण्डु– अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ओपनर डेभिड वार्नरको एनपीएल डेब्युमै काठमान्डु गोर्खाजले जित निकालेको छ ।
एनपीएल अन्तर्गत सोमबार कर्णाली याक्सविरुद्धको खेलमा वार्नरले काठमान्डु गोर्खाजबाट डेब्यु गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका वार्नरले डेब्यु खेलमा १० बलको सामना गर्दै १६ रन बनाए ।
वार्नरको आगमनले काठमान्डुको ब्याटिङलाई थप आकर्षण दिएको थियो । उनको डेब्युसँगै काठमान्डुले एनपीएलमा पहिलो जितसमेत दर्ता गरेको छ ।

काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ ।
यो जितसँगै काठमान्डुले अंक तालिकामा आफ्नो खाता खोलेको छ भने कर्णालीले प्रतियोगितामा पहिलो हार बेहोरेको छ ।
तस्बिरमा हेर्नुहोस्, त्रिवि क्रिकेट मैदानमा वार्नरको ब्याटिङ र फिल्डिङका केही झलक ।










तस्बिर : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया