यी तीन प्रदेशमा वर्षाको सम्भावना

यी तीन प्रदेशमा वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले बागमती र गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।

शुक्रबार दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भूभाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।