काठमाण्डु– प्रतिनिधि सभा निर्वाचनको अनुगमन गर्न प्रधानमन्त्री सुशीला कार्की मुस्ताङ पुगेकी छन्।
शुक्रबार बिहान प्रधानमन्त्री कार्कीले चुनाव तयारीका विषयमा जोमसोममा स्थानीय अधिकारीसँग छलफल गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले हिमाली बस्तीका स्थानीयसँग अन्तरक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
यसअघि बिहान प्रधानमन्त्री कार्कीले मुक्तिनाथ मन्दिर दर्शन पनि गरेकी थिइन्।





प्रतिक्रिया