नेपाल र जापानबीच ऐतिहासिक सहमती : अव जापानसंग सीधा हवाई सम्पर्क हुने 

नेपाल र जापानबीच ऐतिहासिक सहमती : अव जापानसंग सीधा हवाई सम्पर्क हुने 


काठमाडौं –नेपाल र जापानबीच हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । जापानी विदेशमन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच बुधवार उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । २५ वर्ष पुरानो हवाई सम्झौता पुनरावलोकन भएर लागू भएसँगै सिधा हवाई उडान थप हुने भएको छ। १९९३ मा पहिलोपटक जापानसँग सम्झौता भएको थियो।

असारमा नेपाल र जापानबीच भएको हवाई सेवासम्वन्धी समझदारीको १.३ अनुसार नयाँ रुट सेडुअल एक्सचेन्ज डिप्लाेम्याटिक नाेट्स पश्चात् प्रभावकारी हुने व्यवस्था थियाे।

नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्री कोनोले नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई जापान उडानका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।  यो संगै अब नेपाल–जापान सीधा हवाई सम्पर्क हुने भएको छ । 

नेपाल र जापानबीच परराष्ट्र मामिला तथा सहयोग आदानप्रदानलाई थप प्रभावकारी बनाउन द्विपक्षीय मञ्च निर्माण गर्ने  सहमती समेत भएको छ । उक्त सहमतीमा परराष्ट्र सचिव शंकरदाश वैरागी तथा नेपालका लागि जापानी राजदूत माचामिची साइगोले हस्ताक्षर गरेका छन्। 

त्यसका साथै नेपाली कामदारलाई जापानमा रोजगारिका लागि पठाउने सम्बन्धमा दुई देशको प्राविधिक टोलीले निकट भविष्यमा काम अघि बढाउने सहमती समेत वैठकमा भएको छ ।