एकैदिन ५ हजार ७ सयले बढ्यो सुनको भाउ

एकैदिन ५ हजार ७ सयले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको हो ।

शुक्रबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३७५ रुपैयाँले बढेर ५४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।