काठमाण्डु – पोखराबाट काठमाण्डु आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा त्यसमा सवार १७ जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन्।
प्रहरीका अनुसार घाइते सबैको पहिचान खुलेको छ ।
सोमबार बिहान साढे १ बजे माछापुच्छ्रे ट्राभल्सको ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो।
दुर्घटनामा ११ जना पुरुष र ७ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु भएका १८ जनामध्ये ३ जना विदेशी नागरिक छन् । तर मृतक कुन देशका नागरिक हुन् भन्ने खुल्न बाँकी रहेको छ।
बसमा ४५ जना सवार रहेको बताइएको छ। २८ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ। दुर्घटनास्थलबाट सबै घाइतेहरूको उद्धार गरिसकिएको छ। केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाण्डु पठाइएको छ।





प्रतिक्रिया