सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको भाउ सोमबार पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ३२ सय रुपैयाँले बढेको हो । आइतबार प्रतितोला ५६ सयले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ कायम भएको थियो ।

सोमबारको भाउअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १३ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।

यस्तै, चाँदीको भाउ तोलामा १७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५९५ रुपैयाँ पुगेको छ । आइतबार पाँच हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो ।