त्रिशूली बस दुर्घटना अपडेट : थप २ जनाको मृत्यु, मृतकको संख्या १९ पुग्यो

त्रिशूली बस दुर्घटना अपडेट : थप २ जनाको मृत्यु, मृतकको संख्या १९ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै गएराति भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुईजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार उपचारका क्रममा १ महिला र १ पुरुष विदेशी नागरिकको मृत्यु भएको हो। योसँगै दुर्घटनामा मृतकको संख्या १९ पुगेको छ।

आइतबार साँझ पोखराबाट काठमाण्डु आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस गएराति १ बजेतिर त्रिशूली नदी किनारमा खसेको थियो।

दुर्घटनामा घाइते भएकाहरूको धादिङ र काठमाण्डुका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकको अझै सनाखत हुन सकेको छैन।

घाइते २८ जनाको परिचय भने खुलेको प्रहरीले जनाएको छ।