बेनिघाट बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे गृहमन्त्री

बेनिघाट बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे गृहमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बेनिघाट बस दुर्घटनामा घाइते भएकालाई भेट्न गृहमन्त्री ओमप्रकाश अर्याल अस्पताल पुगेका छन् । गृहमन्त्री अर्याल सोमबार दिउँसो ट्रमा सेन्टर र नेपाल नेसनल अस्पतालमा उपचाररत घाइते भेट्न पुगेका हुन् ।

सो अवसरमा गृहमन्त्री अर्यालले घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमि आउन नदिने प्रतिवद्धता जनाए ।

उनले दुर्घटनाको शिघ्र अनुसन्धान गरी दोषिलाई कनूनी दायरामा ल्याइने बताए । दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ (पाँच) सदस्यीय छानबिन कार्यदल गठन गरिएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै गएराति ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको थियो ।

त्रिशुलीमा खसेको बसमा सवार १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारको क्रममा थप एक सहित १९ जनाको मृत्यु भएको थियो ।

बसमा चालकसहित ४४ जना सवार थिए । घाइते भएका २५ जनाको कलंकीस्थित नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।